२०७७ फाल्गुन २१ गते शुक्रवार

सस्थापक उपाध्यक्ष बोहरालाई पुनः स्वागत

तुलसीपुर,चैत ४ । नमस्ते राप्ती यातयात प्रा.लिले संस्थापक उपाध्यक्ष ओमकार बोहोरालाई पुनः स्वागत गरेको छ ।

प्रा.लिले सोमवार तुलसीपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रा.लिका संस्थापक उपाध्यक्ष बोहोरालाई पुःन स्वागत गरेको हो । बोहोराले संस्था स्थापना भएको डेढ वर्ष सम्म प्रा.लिमा उपाध्यक्ष पदमा रहेर काम गरेका थिए ।

त्यसपछि करिब १ वर्ष त्रिशिद्धेश्वरी राप्ती यातयात प्रा.लिमा आमन्त्रीत सदस्य पदमा रहेर काम गरेका बोहोरा पुनः नमस्ते राप्ती यातयात प्रा.लिमै प्रवेश गरेका हुन । बिचमा केही तिक्त्तताका कारण प्रा.लिबाट बाहिरिएको र अब भने आफ्नै टिमसगं मिलेर व्यवसायीको हकहितका लागि काम गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै नमस्ते राप्ती यातयात प्रा.लिका अध्यक्ष बामदेव खनालले २ वर्ष अघि स्थापना भएको प्रा.लिले अहिले सम्म १ सय ९ वटा गाडीहरु सञ्चालन गरिरेहको बताए ।

उनका अनुसार प्रा.लिले दाङ देखि बिराटनगर,जनकपुर,रोल्पा रुकुम हुदै भारतसम्म गाडीहरु सञ्चालनमा ल्याएको छ । अहिले बिश्वभर फैलिरहेको कोरोना भाइरसका कारण सोमवार देखि सरकारले भारत जाने गाडीहरु बन्द गराएको भएपनि अन्य ठाउँमा भने गाडीहरु सञ्चालन रहेको उनले बताए ।

प्रा.लिले केही समयपछि नयाँ खालका गाडीहरु सञ्चालन गर्ने योजना बनाएको पनि उनको भनाई छ ।

अहिलेको प्रतिस्पर्धाको युग छ,हामी धेरै प्रयास गरेर प्रा.लि सञ्चालन गरिरेहको छौँ,उनले भने,– अब हाम्रो प्रा.लि यात्रुमैत्री बनाउने विषयमा पनि गम्भिर भएर अघि बढ्ने छ ।

उक्त कार्यक्रमको सहजीकरण प्रा.लिका कार्यालय प्रमुख सुसील न्यौपानेले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *