तुलसीपुर, चैत ३ । खुकुरी प्रहारबाट गम्भीर घाईते भएका हिरा डाँगीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ अस्पताल रोड निवासी २३ बर्षीय डाँगीलाई हेलिकोप्टर चार्टरगरि नेपालगञ्जदेखि काठमान्डौँ लैजादैगर्दा सोमबार दिउँसो तीन बजेतिर बाटोमै मृत्यु भएको छ । संगै गएका स्वास्थ्यकर्मी प्रभात श्रेष्ठले उक्त जानकारी दिएका हुन । ‘लगभग पोखराको आँकाशमा उडिरहँदा उहाँको मृत्यु भएको हो,’ श्रेष्ठले भने । काठमान्डौंको धुम्बराहीस्थित हेस्म हस्पिटल पुर्याए लगतै डाँगीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसअघि डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार भएको थियो । लगतै राति नै उनलाई थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।
त्यहाँ पनि उनको उपचार संभव नभएपछि हेलिकोप्टर चार्टर गरि काठमान्डौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । खुकुरी प्रहारवाट दुबै तिघ्रमा गहिरो घाउ लागेका कारण डाँगीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।
घटनास्थलमै उनको अत्यधिक रक्तस्राव भइसकेको थियो । अत्यधिक रक्तस्रावका कारण अचेत अवस्थामा तुलसीपुरहुँदै कोहलपर पु¥याइएको थियो । उनको अचेत अवस्थामै मृत्यु भएको डाँगीको उपचारका लागि संगै गएकाहरुले जानकारी दिएका छन् ।
काठमान्डौंमा रहेका स्वास्थ्यकर्मी प्रभात श्रेष्ठका अनुसार यो खवर तयारपार्दै गर्दा सोमवार बुलुकी सात बजेसम्म शव धुम्बराहीस्थित हेस्म हस्पिटलमै राखिएको छ । अब राति त्रिविशिक्षण अस्पाल महाराजगंजमा पोष्ट मार्टमको लागि लगिने भएको छ । पोष्टमार्टम भने मंगलवार विहान मात्रै हुने भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्रडम्मर पालका अनुसार तुलसीपुर ६ गौलौरा निवासी अनुप बस्नेत लगाएका ४÷५ जना युवाहरुको समुहले डाँगी माथि खुकुरी प्रहार गरेको जानकारी दिएका छन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एकजना युवलाई सोधपुछका लागि पक्राउ गरेको भएपनि नाम भने सार्वजनिक गरेको छैन । खुकुरी प्रहार गर्ने अन्य युवाहरु फरार रहेको हुँदा उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
मृतक डाँगी नेविसंघ राप्ती बबई क्याम्पसका सभापति हुन । उनी एक कुशल फूटवल खेलाडीपनि हुन । उनी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन ।