२०८१ असोज ३ गते बिहिवार

हिरा डाँगीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर


तुलसीपुर, चैत ३ । तुलसीपुरका युवा हिरा डाँगीमाथि गएराति खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ अस्पताल रोड निवासी २३ बर्षीय डाँगीमाथि तुलसीपुर ६ गोलौरामा सोमवार विहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्रडम्मर पालले गोलौरा निवासी अनुप बस्नेत लगाएका ४÷५ जना युवाहरुको समुहले डाँगी माथि सामान्ने विवादमा खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएको भन्ने खवर प्राप्त भएको जानकारी दिए ।

घाइते डाँगीको तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको प्रहरी निरिक्षक पाललले जानकारी दिए । उनलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत बाँकेवाट काठमान्डौं लैजाउने तयारी भइरहेको स्रोतले बताएको छ ।

डाँगीको खुट्टामा खुकुरी आक्रमणवाट गहिरो खत लागेको हुँदा अत्यधिक रक्तस्राव भएको प्रहरीले बताएको छ । घाइते डाँगीको शरिरका अन्यभागमा पनि खुकुरी प्रहारवाट घाउहरु खतहरु लागेको जानकारी प्रहरीले दिएको छ । फूटवल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगी किन रातिमा त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्रहार भयो भन्ने वारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गर्ने युवाहरुको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ । घाइते डाँगी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन । पीडितको तर्फवाट सोमवार इप्रका तुलसीपुरमा जाहेरी परेपछि घटनावारे थप कुरा अनुसन्धान गर्न सहज हुने प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *