२०७७ फाल्गुन २४ गते सोमवार

तुलसीपुर–अमेलिया सडक खण्ड दिनभर वन्द हुने

तुलसीपुर, चैत २ । तुलसिपुर अमेलिया सडकखण्ड निर्माणगर्न झन्डै एक महिना जति दिनभर जसो सडक बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तरगतको उक्त सडक खण्डमा कालोपत्रे गर्न चैत ४ गतेदेखि २५ गतेसम्म दिनभर सडक बन्द हुने भएको छ ।

आइतवार घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीको अध्यक्षतामा बसेको बैठकले दैनिक ६ घन्टा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।

सडक डिभिजन कार्यालय दाङले जारी गरेको सार्वजनिक सूचनामा त्यो कुरा जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *