२०८१ भाद्र २५ गते मङ्गलवार

सरकारी जग्गा भाडा नलगाउ– विप्लव समुह

तुलसीपुर,चैत २ । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारी जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा दिन लिने कार्य वन्द गर्न आग्रह गरेको छ ।

‘खाद्य संस्थानको खाली जग्गा लिजमा लिने दिने सम्पूर्ण संस्था,ब्यक्ति सबैलाई बिबादित र जनबिरोधी कार्यबाट पछि हट्न र खुल्ला ठाउँ संरक्षणमा जुट्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विप्लव समुहका दाङ जिल्ला जनपरिषद प्रमुख आकाशले आइतवार एक विज्ञप्ति मार्फत घोराहीको कर्मचारी मिलन केन्द्रको दक्षिण तर्फको जग्गा भाडामा लगाउनु अनुपयुक्त रहेको उल्लेख गरेका छन् ।

सार्बजनिक जमिन मास्न नपाइने भन्दै विभिन्न संघ संस्थाद्वारा गरिएको विरोधको पूर्ण रुपमा समर्थन गर्ने प्रकाशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आपत बिपतमा आबश्यक पर्ने र केहि सार्बजनिक कार्यक्रमहरू समेत हुदै आएको उक्त खालि जमिन संरक्षण गर्नुपर्ने आबश्यकता औंल्याएका छन् । विज्ञप्तिमा भनिएको छ–‘प्रक्रियाबाटै लिजमा लिएको भन्ने हवला दिइराखेको सन्दर्भमा डबल नेकपाका केही नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिको लागि सत्ता र शक्तिको दुरुपयोग गर्दै उक्त जग्गा हडप्न खोजिएको प्रस्टै देखिन्छ ।’

हाल सरकारी जग्गा भाडामा प्रकरणमा नाम जोडिएका केही ब्यक्तिहरु घोराही–१७ बर्गद्दीको जग्गा प्लटिङ गरि विक्रि वितरण गर्ने कार्यमा समेत सम्लग्न रहेको पाइएको हुँदा त्यसमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जहाँ ११ जना किसानको तत्कालिन समयमा सुरक्षाकर्मीले सामुहिक हत्या गरेको थियो । आफ्नो आग्रह विपरित चल्न खोजे पार्टी जिल्ला जनपरिषद् दाङले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीपनि दिइएको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *