तुलसीपुर, चैत २ । तुलसिपुरस्थित सिटी हस्पिटलमा एकै दिन चारवटा जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।
हस्पिटल प्रशासनका अनुसार शुक्रवार अण्डकोष बटारिएर नष्ट हुन लागेको अवस्थामा हस्पिटल आएका तुलसीपुर ५ का एक १५ बर्षीय बालकको सफल शल्यक्रिया गरिएको छ ।
सर्जन डा. शुसिल खनिया नेतृत्वमा डा. सगुन शर्मा (एनेस्थोसियोलोजिष्ट) लगायतका चिकित्सक टोलीले उक्त सफल अप्रेसन गरेको थियो । समयमै हस्टिल ल्याइएको हुँदा ती वालकको अण्डकोष बचाउन संभव भएको वरिष्ठ सर्जन डा. शुसिल खनिया ले बताए।
कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.सरोज पौडेलले समयमै यूएसजी गरेर निदान नगरे त्यस्ता विरामीको अकालमै ज्यान जान सक्ने खतरा औंल्याए । सोही चिकित्सक टोलिले शुक्रवार नै एपेन्डीसाईटीस फुटेर गम्भीर अबस्थामा हस्पिटल ल्याइएकी तुलसिपुर १६ निवासी शोभा बस्नेतको पनि सफल अप्रेसन गरेको छ ।
एपेन्डीसाईटीस फुटेको करिब २ घण्टामा सफल शल्यक्रिया भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । सोही दिन नै प्यूठान निवासी एक २८ वर्षीय युवक निमबहादुर घर्तीको फुटेको एपेन्डिक्सको पनि सफल शल्यक्रिया गरिएको छ ।
जस्लाई त्यो भन्दा अगाडि स्थानीय मेडिकलमा औषधी सेवन गराई एपेनडिक्स परफोरेशन भएर पेटको भित्री भागमा प्वाल परेको गम्भीर अवस्थामा ल्याइएको थियो । डेढ घण्टाको प्रयासमा सफल शल्यक्रिया भएको हुँदा उनको ज्यान जोगाउन सफल भएको हस्पिटलका एमडी हेमराज बस्नेतले जानकारी दिए ।
सिटी हस्पिटलमा शुक्रबार नै गढवा गाऊँपालिका वडा नं. ६ निवासी १९ बर्षिया माहन भणडारीकोपनि हाडजोर्नी रोग विशेषज्ञ डा. सबल कृष्ण गैरे नेतृत्वको चिकित्सक टोलीले भाँचिएको हातको सफल शल्यक्रिया गरेको जानकारी दिइएको छ ।
यो भन्दा पहिला सिटी हस्पिटलमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. शेखर थापा नेतृत्वमा डा. रुपेश महतो (एनेस्थेसीया)को टिमले एक्टोपीक प्रेग्नेन्सी (नलीमा गर्वधारण) भएकी जोखिम युक्त भई दुई महिलाको पनि सफलतापूवर्क शल्यक्रिया भएको थियो ।
यो हिस्पटलमा वरिष्ठ सर्जनहरु डा. गोपाल सागर डीसी, डा. सबल कृष्ण गैरे, डा. शुसिल खनिया, डा. शेखर थापाको नेतृत्वमा एकपछि अर्को जटिल शल्यक्रिया हुन थालेको हस्पिटल प्रशासनले जानकारी दिएको छ ।
तुलसीपुरमै जटिल प्रकृतिका मानिने रोगहरुको समेत सफल अप्रेसन र उपचार संभव हुन थालेपछि अब उपचारकै लागि धेरै खर्चिएर बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य हुने आशा गरिएको छ ।