२०८१ बैशाख ८ गते शनिवार

शारदा नदीमा डुवेर एकको मृत्यु

दाङ,चैत्र १ । सल्यानको शारदा नदीमा डुवेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका २ का ४२ बर्षीय बिष्णुलाल नेपालीको शनिबार मृत अवस्थामा शव फेला परेको छ ।

घर फर्किन्छु भन्दै नेपाली शुक्रबार बेलुका पल्लो छिमेकी गाउँवाट घर जान्छु भनेर हिडेको स्थानीयले बताएका छन् । मदिरा सेवन गरेका नेपालीको घर फर्किने क्रममा शारदा नदीमा चिफ्लिएर लडेपछि डुवेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले शनिवार बेलुका सम्म शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा ल्याइ पुर्याइने छ । पोष्टमार्टम भने आइतवार मात्रै हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *