२०७७ फाल्गुन १३ गते बिहिवार

डोल्पामा घर भत्किदा दुई बालिकाको मृत्यु

फाइल तस्बिर

डोल्पा, चैत १ । डोल्पा जिल्लामा घर भत्किँदा दुई बालिकाको मृत्यु भएको छ। अविरल वर्षाका कारण जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–४ स्थित रंग गाउँमा निर्माणाधीन घर भत्किदा १२ वर्षीया मञ्जु र २ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शनिवार विहान करिब २ बजेतिर घर भत्किदा सुतिरहेका उनीहरुका च्यापिएर मृत्यु भएको थियो । उक्त घटनामा परि उनीहरुकी ३५ वर्षीया आमा जमती बुढा सामान्ने घाइते भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय मेडिकलमा उपचारपछि उनी डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *