२०८१ बैशाख ७ गते शुक्रवार

हिलाम्मे सडकले प्रहरीलाई कार्यालय पुग्नै सकस


तुलसीपुर,फागुन ३० । लगातारको बर्षाका कारण सडक हिलाम्मे भएपछि ईलाका प्रहरी कार्यालयमा पुग्न प्रहरीलाई शुक्रवार दिनभर सकस भएको छ । दिउँसो डिएसपीको गाडी कार्यालय भित्र जान नसकेपछि बाहिरै राखिएको थियो ।

त्यसपूर्व अर्कौ एउटा गाडी आधा दर्जन प्रहरीहरुले ठेलेर मुस्किलले कार्यालय भित्र प्रवेश गराएको ईप्रका तुलसीपुरका प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पताल – ईप्रका सडक खण्ड तुलसीपुर उपमहानगरपालिकाले स्तरउन्ती गर्नको लागि काम गरिरहेको छ । रातो माटो युक्त सडक खण्ड खनेका कारण त्यसमा गाडी गुडाउन मुस्किल हुने गरेको छ ।


प्रहरी प्रबक्ता पालले बाटोकै कारण बाहिर आवात जावात गर्न समेत मुस्किल परेको जानकारी दिए । ‘बाटोकै कारण शान्ति सुरक्षामा पनि असर पर्ने हो कि भन्ने चिन्ता बढेको छ,’ प्रबक्ता पालले भने ‘ सम्वन्धित निकायको सडकमा बालुवा गिट्टी तत्लका राखे सहज हुने थियो।’ तुलसीपुर नगर विकाश प्राधिकरणले उक्त सडक खण्ड बैशाख महिना सम्म कालोपत्रे गरि सक्ने उदेश्यका साथ काम गरिरहेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *