२०७७ फाल्गुन २४ गते सोमवार

रुपन्देहीमा अधिकृतसहित ६ जना १७ लाख घुससहित पक्राउ

रुपन्देही, फागुन ३० । नापी कार्यालय रुपन्देहीका अधिकृतसहित छ जना १७ लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले शुक्रवार सेवाग्राहीसँग घुस लिदै गर्दा उनीहरु पक्राउ परेका हुन ।

नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तिर्थराम भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याल पक्राउ परेका छन् । सिद्धार्थ नगरपालिका वडा १३ नजिकबाट उनीहरू पक्राउ परेको खख्यिारले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *