२०७७ फाल्गुन १९ गते बुधवार

धनगडी अस्पतालमा भर्ना भएका एक व्यक्तिमा कोरोना आशंका

धनगडी, फागुन ३० । धनगडीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका एक व्यक्तिमा कोराना भाइरसको आशंका गरिएको छ । ती व्यक्ति चीनबाट फर्किए थिए ।

ज्वरो र छाती दुख्ने समस्याले ग्रस्त उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ।

विहीवार भर्ना गरिएका ती व्यक्तिको नमुना शुक्रवार काठमान्डौं पठाउने तयारी गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोनाको नमुना परीक्षण हुने गर्छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *