२०८१ बैशाख ८ गते शनिवार

शनिवार सम्म पानी पर्ने संभावना

तुलसीपुर , फागुन ३० । जल तथा मौसम विज्ञान विभागले शनिवार सम्म पानी पर्ने जानकारी दिएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण र प्रिमनसुरको गतिविधिका कारण शनिवार सम्म मौसम प्रभावित हुने मौसमविदहरुले अनुमान गरेका छन् ।

बिहीबार पश्चिम नेपाल हुँदै नेपाल पसेको उक्त प्रणालीले पश्चिम नेपालमा वर्षा गराउँदै पूर्वतर्फ लागेको हुँदा शुक्रवार देशभर बदली हुनुका साथै फाट्टफुट्ट रुपमा बर्षा हुने जानकारी दिइएको छ ।

पश्चिमी भू–भागलगायत मध्यका धेरै स्थानहरूमा मेघगर्जनसहित चट्याङ र असिना पानी तथा हावाहुरी चल्न सक्ने भन्दै मौसमविदहरुले सजग रहन आग्रह पनि गरेका छन् ।

हावा हुरीसहित फाट्टफुट्ट बर्षा हुन सक्ने मौसमविदहरुले अनुमान गरेका छन् । आइतबारदेखि त्यसमा सुधार हुने अनुमान गरिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *