२०७७ फाल्गुन २२ गते शनिवार

दुर्घटनाका घाइते चौधरीको मृत्यु

तुलसीपुर, फागुन ३० । लमही नगरपालिका वडा नं. ६ देउपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिदा स्थानीय ३० बर्षीय रामप्रशाद चौधरीको मृत्यु भएको छ ।

बुधवार बेलुका ७ बजेतिर रा १ च ६२२ नम्वरको बोलेरोले रा ५ प ३७१९ नम्वरको ३७१९ नम्वरको स्कुटलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विहीवार राति ११ बजे बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

ट्याक्टरको ठक्करवाट ६ बर्षीया बालिका घाइते शान्तिनगर गाउँपालिका वडा नं. ३ राटामाटामा ट्याक्टरको ठक्करवाट एक ६ बर्षीया बालिका घाइते भएकी छन् ।

विहीवार बेलुका साढे ४ बजेतिर रा १ त १९३५ नम्वरको ट्याक्टरको ठक्करवाट स्थानीय ६ बर्षीया बालिका अनुदिक्षा डाँगी घाइते भएकी छन् ।

घाइते बालिकाको तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *