२०७८ असार ६ गते आइतवार

सवारी दुर्घटनामा राईखलियानका युवा अर्जुनको मृत्यु

तुलसीपुर, फागुन ३० । सवारी दुर्घटनामा परि तुलसीपुर राईखलियान निवासी एक युवाको मृत्यु भएको छ ।
शुक्रवार विहान २ बजेतिर माईक्रो बसले मोटरसाईकललाई ठक्करदिदा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राईखलियान निवासी २७ बर्षीय अजुर्न केसीको मृत्यु भएको छ । केसी मोटरसाईकलको पछाडि सावर थिए ।
गम्भीर घाइते केसीलाई उपचारको लागि बुटवल लगिएकोमा शुक्रवार विहान साढे चारबजेतिर मृत्यु भएको दाङका जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा परि मोटरसाईकल चालक दंगिशरण गाउँपालिका वडा नं. ५ का २७ बर्षीय पवन चौधरी घाइते भएका छन् । बुटवलमा उपचारत चौधरीको अवस्था खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
डिएसपी खड्काले पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको रा १ ख ६०० नम्बरको माईक्रोबसले पूर्व तर्फ नै गइरहेको रा ३ प ९००५ नम्वरको मोटरसाईकललाई राप्ती गाउँपालिका १ पाखापानीमा शुक्रवार विहान पौने २ बजेतिर ठक्कर दिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *