२०७७ फाल्गुन २१ गते शुक्रवार

घोराहीमा प्रहरीले रोक्यो बालविवाह


तुलसीपुर, फागुन २९ । प्रहरीले घोराहीमा एउटा बालविवाह रोकेको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ ढोरेनी मंगलवार भइरहेको बालविवाह रोकेको प्रहरीले जानकारी दिएको छ ।

घोराही १३ निवासी ३० बर्षीय कृष्णबहादुर केसी र घोराही १४ निवासी १८ बर्षीया एक किशोरीको बीचमा भइरहेको विवाह प्रहरीले रोकेको जानकारी दिएको छ ।

साथै प्रहरीले दुलाहा केसी र दुलहीका बुवा बशन्त भण्डारीका विरुद्ध मुलुकी अपराध संहिता कसुरमा मुद्दा दायर गरेर आवश्यक कानुनी कारवाही सुरु गरेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले विवाह रोकेर उक्त विवाह गराउने कार्यमा सम्लग्न व्यक्तिहरुलाई पक्राउ गरेको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *