२०८१ बैशाख ७ गते शुक्रवार

होली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु

काठमाडौं । होली मनाएर नुहाउने क्रममा भारतको ओडिशा राज्यमा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर मृत्यु भएको जनाएको छ ।

विगतका वर्षमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो । मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *