२०८१ असोज ४ गते शुक्रवार

‘वाउन्स चेक’ दिने गुरागाँई प्रहरी फन्दामा

तुलसीपुर,फागुन २८ । बाउन्स चेक दिएर ठगी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
टिप्पर विक्रि गर्ने मान कम्पनीमा कार्यरत भोजराज गुरागाँईलाई प्रहरीले पक्राउ पछि दाङमा ल्याएर अनुसन्धान थालेको छ ।
उनले ३ लाख २० हजार रुपैंया बराबरको बाउन्स चेक दिएर बैंकिङ कसुर गरेको भन्ने भन्ने जाहेरीका आधारमा पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।
गुरागाँई मान कम्पनीमै मिस्त्रिको रुपमा कार्यरत व्यक्ति हुन । पछिल्लो समय उनले एजेण्ट बनेर केही टिप्परहरु पनि विक्रि गराएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।
केही समय आगडि गुरागाँईले ३ लाख २० रकम भुक्तानीको चेक मान कम्पनी दाङमा नाममा दिएका थिए । गुरागाँईले दिएको चेकमा रकम नभएपछि मान कम्पनीका प्रतिनिधिले एक महिना अगाडि गुरागाँईका विरुद्धमा जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरेका थिए ।
त्यसैका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले गुरागाँईलाई दुई दिन अगाडि पक्राउ गरेको र त्यहाँवाट दुई दिन अगाडि दाङमा ल्याइएको डिएसपी खड्काले जानकारी दिए ।
बैंकिङ कसुर सम्वन्धि मुद्दा उच्च अदालत तुलसीपुरले हेर्ने भएको हुँदा बुधवार नै गरागाँईलाई अदालतमा म्याद थपका लागि पठाउने तयारी भइरहेको प्रहरी जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *