तुलसीपुर,फागुन २६ । स्थानीय प्रशासनले मर्यादित भएर होलि खेल्न आग्रह गरेको छ । पबित्र धार्मिक तथा सांस्कृतिक पर्व फागु पूर्णिमा आपसी प्रेम, आपसी भाइचारा र सदभाव पूर्वक मनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता सुमित खड्काले सोमवार एक सार्वजनिक अपिल जारी गर्दै होलीलाई मर्यादित र शान्तिपूर्ण रुपमा मनाउन सबैमा आग्रह गरेका छन् ।
डिएसपी खड्काले कसैको इच्छा विपरित होली नखेल्न सचेत पनि तुल्याएका छन् । रंगहरुको पर्व होली उल्लासमय रुपमा मनाउन रंगहरुले मात्रै खेल्न आग्रह गरिएको छ । फोहर पानी, लोला, अण्डा, टमाटर,मोविल, पेन्ट जस्ता मानविय स्वास्थ्यलाई प्रतिकुल असर पार्ने झोलिए, ठोस वा धुलो पदार्थ प्रयोग नगर्न डिएसपी खड्काले सचेत तुल्याएका छन् ।
त्यस्तै सवारी साधनको छतमा नबस्न, हेलमेट नगाएर मात्रै मोटरसाईकल चलाउन, दूई जना भन्दा बढी मोटरसाईकलमा नचढ्न, लागु औषध तथा मदिरा जन्य बस्तु सेवन गरि होहल्ला नगर्न डिएसपी खड्काले सचेत तुल्याएका छन् । जातिय,धार्मिक तथा सामाजिक सदभाव विथोलिने खालका कुनैपनि गतिविधि नगर्न आग्रह गरिएको छ ।
जिल्लामा यो पटक विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण त्रासदी फैलिएको छ । यसअघि नै स्थानीय प्रशासलने त्यसवारे सजग बनाइसकेको छ ।
तुलसीपुर उपमहानगरनगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि सोमवार एक बक्तव्य मार्फत मर्यादित र शान्तिपूर्ण रुपमा होली खेल्न आग्रह गरेका छन् । उनले पनि विश्वभर माहामारीको रुपमा फैलिएको कोरोनाभाइरस बारे सजग रहन आग्रह गरेका छन् । भिडभाडमा कोरानाको जोखिम रहने हुँदा त्यसमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन् । कोरोनाभाइरसका कारण यो वर्ष होली खेल्नेको संख्या घट्ने अनुमान गरिएको छ ।