तुलसीपुर, फागुन २६ । लमहीमा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. १ सुनडबरी निवासी १९ वर्षीय हुमन घर्ती मगरको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ ख १७९५ नम्बरको बसले मगरलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय घोराहीमा सञ्चार शाखामा कार्यरत शरद बुढाथोकीले उक्त बस जन्ति पुर्याएर बेलुका ८ बजेतिर फर्किदै गरेको थियो ।
दुर्घटना लगतै स्थानीयले राजमार्ग बन्द गराएका थिए । पीडित पक्ष, गाडी धनि र स्थानीय प्रशानका बीचमा भएको छलफल पछि चालकलाई कानुन बमोजिम कारवाही गर्ने तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।
त्यसपछि सोमवार विहान दूई बजेतिर स्थानीयले राजमार्गमा यातायातका साधन सञ्चालनमा आउन दिएका थिए । यो खबर तयार पार्दै गर्दा मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।