२०७७ फाल्गुन २१ गते शुक्रवार

चट्याङ लागेर रोल्पामा दुई शिक्षकसहित ६ घाइते

रोल्पा, फागुन २५ । रोल्पामा शनिबार साँझ चट्याङ लागेर दुई जना शिक्षकसहित अन्य ६ जना घाइते भएका छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं.वडा डुब्रिङमा शनिबार साँझ करिब ६ः३० बजेतिर चट्याङमा लागेर नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ४९ वर्षिय केशर बहादुर घर्ती र करिब ३२ वर्षिय शिक्षक भुपबहादुर शार्कीसहित सोही स्थानीयबासी ६ जना घाइते भएका छन् ।

शनिबार साझको समयमा घरमै दाउँरा चिर्दै गर्दा एक्कासी चट्याङ लागेर केशरबहादुर घर्तीको हात पोलेको र गाउँकै मेडिकल मार्फत उपचार पश्चात घरमा फर्किएको र चट्याङमा लागेका सबै जना केही समय पूर्ण रुपले व्यहोसपछि मात्र होसमा आएको थिए ।

चट्याङ कारण घाइते भएका घर्र्तीको शरीरलमा गम्भिर प्रकारको चोक पटक नदेखिएता पनि स्वास्थ्य अवस्था केही समस्या देखिएका कारणले उपचारको लागि दाङ ल्याउँने तयारी भइरहेको र बाँकी सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शिक्षक डम्बर विकले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *