२०७७ फाल्गुन २३ गते आइतवार

गोरखामा ट्रयाक्टर दुर्घटना हुँदा दाङका एक युवाको मृत्यु


दाङ, फागुन २४ । गोरखामा ट्रयाक्टर दुर्घटनामा हुँदा दाङका एक युवाको मृत्यु भएको छ । थप दुई जना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुर निवासी २३ बर्षीय ट्रयाक्टर चालक यज्ञ भण्डारीको मृत्यु भएको छ ।

गोरखा स्थित ईलाका प्रहरी कार्यालय जौंवारीका प्रहरी जवान दिपक घर्तीका अनुसार जौंवारीवाट चनौती तर्फ जाँदै गरेको ग १ त ४६८२ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा चालक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

शुक्रवार बेलुका ८ बजेर २० मिनेट जाँदा भएको उक्त दुर्घटनामा परि दाङ घर भएका २९ बर्षीय सुवाश थापा मगर र गोरखाको बारपाक सुलिकोट ८ ताडु निवासी १९ बर्षीय सुमन अधिकारी घाइते भएका छन् । घाइते दुबै जनालाई जौंवारीको उपचार पछि राति नै थप उपचारको लागि चितवन रेफर गरिएको प्रहरी जवान घर्तीले बताए । घाइते मध्य गोरखाका अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *