२०८१ बैशाख ८ गते शनिवार

रोल्पामा कोराना भाइरस बारे सचेतना


पहलमान घर्ती,
फागुन, रोल्पा २२ । कोराना भाइरसबाट बच्ने उपायका बारेमा रोल्पामा अन्तरक्रिया गरिएको छ । सतप्रयास मिडिया ग्रुपको आयोजनामा रोल्पा नगरपालिका ७ माडीचौरमा रहेको बाल उदय माध्यामिक विद्यालयमा कोराना भाइरसबारे जानकारी गराइएको हो ।

कोराना भाइरस के हो ? र कसरी बच्ने भन्ने विषयमा जानकारी दिइएको थियो । कोराना भाइरस बारे समाजमा फैलिरहेको भ्रम र यथार्तका बारेमा विद्यार्थीलाई जानकारी दिइएको हो । सोही क्रममा विद्यार्थीले प्रयोग गर्नका लागि ५ सय वटा माक्स, १६ वटा हात धुने सावुन र सक्रमण निवारण घोल २ वटा बोटल विद्यालयलाई प्रदान गरिएको छ ।

विद्यार्थीलाई सरसफइका बारेमा पनि सिकाइएको थियो । कार्यक्रममा जिल्ला अस्पताल रोल्पाका प्रमुख सपना कर्णले कोराना भाइरसबारे जानकारी दिएकी थिइन । व्यक्तिगत र वातावरण सरसफाइ र मान्छेको भिड हुने ठाउँमा नजान सुझाव कर्णले दिएकी छन् ।

विद्यार्थीले कोराना भाइरसबारे अफ्ना जिज्ञासा राखेका थिए । विद्यार्थीलाई कोराना भाइरसबारे आफ्ना अभिभावकलाई पनि जानकारी दिन सुझाव दिइएको छ ।

सत प्रयास मिडिया ग्रुपले समाजमा कोराना भाइरसबारे जनचेतना फैलाउन र यसबाट बच्ने उपायका बारेमा जानकारी दिने उदेश्यले व्यक्तिगत रुपमा पैंसा उठाएर जनचेतना मुलक अन्तरक्रिया तथा सामाग्री वितरण गर्दै आइरहेको छ । कार्यक्रममा अभियानकर्मीहरु कुलबहादुर डाँगी, खेम बुढा, काँशीराम डाँगी, शेरबाहादुर थापा, हेमन्त खत्री, दिनेश सुवेदी, महेश न्यौपाने लगायतले सुझावहरु दिएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *