कपिलबस्तु , फागुन २२ । कपिवस्तु जिल्लामा बुधवार राति अज्ञात समहुले ६ वटा सवारी साधनमा आगजनी गरेको छ । शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा हुलाकी मार्ग निर्माणमा प्रयोग भएका ६ वटा विभिन्न साधनमा आगजनी गर्दा लाखौंको क्षति भएको छ ।
नकापधारी समुहले रातिमा सडक बनाउन खटिएका मजदुरलाई कोठामा थुनेर साधनहरुमा आगजनी गरेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
विजयनगर गाउँपालिकाको वडा नं. २ लोहोरौलामा एउटा स्काभेटर , दुई जेसिभी, दुई पिकअप बोलेरोमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै जिल्लाको शिवराज नगरपालिकाकोे वडा नं. ९ तुरुन्तपुरमा रातको पौैने एक बजेतिर एउटा स्काभेटरमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । ती साधन शर्मा एण्ड शर्मा कम्पनीका हुन । ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिभी, बा १९ च ६६४७, बा १६ च ५२५० नंम्बरको बोलेरो र से १ क ७० , बा २ क १४७३ नम्बरको स्काभेटरमा आगजनी भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।
आगोलागेको देखेपछि मध्य रातमा कृष्णनगरबाट बारुण यन्त्र मगाएर आगो नियन्त्रणमा लिइएको थियो । आगो कस्ले र किन लगाएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।