२०७८ असार ४ गते शुक्रवार

सल्यानमा ट्यूसन जाँदै गरेकी छात्रा बलात्कृत


दाङ,फागुन २१ । सल्यानमा ट्यूसन पढ्न जाँदै गरेकी एक १४ बर्षीया छात्रा बलात्कृत भएकी छन् । एसइईको परिक्षाको लागि विहान ५ बजे ट्यूसन पढ्न जाँदै गरेकी ती छात्रामाथि ज्यानमार्ने धम्कि दिदै जंगलमा लगेर जवरजस्ती बालात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारीले घटना कतैपनि ज्यान लिने धम्की दिएका कारण त्रासले ती बालिकाले एक महिनासम्म घटना गुपचुप नै राखेकी थिइन । साथिहरुको साथ पाएपछि फागुन १८ गते पीडित बालिकाले आफ्ना अभिभावकलाई घटनावारे जानकारी गराएकी थिइन ।

त्यसपछि फागुन २० गते पीडित बालिकाले आफ्ना संरक्षकको साथमा आएर जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएकी थिइन । जाहेरी परेकै दिन बेलुका प्रहरीले बलात्कारकारको अभियोग खेपेका व्यक्तिलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिपनि जम्मा १६ बर्षका मात्रै रहेको हुँदा ना मभने प्रहरीले सार्वजनिक गरेको छैन । बलात्कारको अभियोग खेपेका ती किशोरलाई बुधवार प्रहरीले जिल्ला अदालत सल्यानवाट पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए ।

प्रहरी निरिक्षक लक्ष्मण वलीका अनुसार गत माघ १२ गते बलात्कार पछि ती किशोरले पीडित छात्रालाई सकैलाई भनेमा ज्यानलिने डर र धम्की दिदै आएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *