२०७८ असार ९ गते बुधवार

घरमा आगो लाग्दा एक बालकको जलेर मृत्यु

दाङ,फागुन २१ । सल्यानस्थित एक घरमा गएराति आगो लाग्दा एक बालकको जलेर मृत्यु भएको छ । शिद्धकुमाख गाउँपालिका वडा नं. १ बाँझकाँडा निवासी रत्नलाल बुढाथोकीको घरमा आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गाबहादुर बुढाथोकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । गएराति दशबजेतिर घरमा आगलागी हुँदा घरको माथिल्लो तलामा सुतेका बालकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

बालक दुर्गाबहादुर प्राय आफन्त र दिदीको घरमा सुत्ने जाने गरेको र उक्त दिन उनी त्यहाँ सुतेको परिवारका सदस्यले थाहा नपाएको हुँदा उनको समयमै उद्धार हुन नसक्दा जलेर मृत्यु भएको सल्यानका प्रहरी प्रबक्ता उमाकान्त जोसीले जानकारी दिए ।

बालकको शव नजिकै जलेको अवस्था सलाई समेत भेटिएको हुँदा उनैले रातिमा उज्यालोको लागि बालेको सलाईको काँटीवाट आगजनी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । परिवारका अन्य सदस्य भने आगलागी भएको थाहाँ पाएपछि भागेर ज्यान जोगाउन सफल भएका थिए । आगलागीवाट बुढाथोकीको अधिकाँस घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

बालकको शव पोष्टमार्टमका लागि बु्धवार दिउँसो जिल्ला अस्पताल सल्यान पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *