२०८१ भाद्र २३ गते आइतवार

तुलसीपुरले सार्वजनिक कार्यक्रमको अनुमति नदिने

तुलसीपुर,फागुन २१ ।  तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गरेका छन ।

बुधवार प्रेस विज्ञप्ती जारी गरेर डाँगीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गर्नुका साथै अनुमतिमा समेत रोक लगाइएको बताए ।

‘ भाइरसको संक्रमणले विश्वभर ठूलो मात्रामा मानवीय क्षतिका साथै मानिसको स्वास्थ्यमा गम्भिर असर समेत भएकाले यसबाट जोगिनका लागि सबैले पूर्व तयारी गर्नु आवश्यक छ । ’विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कार्यवाहक नगरप्रमुख डाँगीले सार्वजनिक ठाउँमा भेला हुने, सभा सम्मेलन र महोत्सव गर्ने लगायतका काम तत्कालका लागि नगर्नु र नगराउनुहुन अनुरोध समेत गरेका छन् ।

उपमहानगरपालिको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस लगायत आयोजना गर्न लागेका सबै कार्यक्रमहरु पनि अर्को सूचना नआउदासम्मका लागि स्थगीत गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

उनले यसबाट जोगिनका लागि स्वास्थ्यमा सतर्कता अपनाउनका लागि समेत अनुरोध गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *