२०७७ फाल्गुन १९ गते बुधवार

नगद सहित ७ जना जुवाडे पक्राउ

तुलसीपुर,फागुन २० । दाङमा १ लाख १६ हजार ५ सय रुपैँया सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारी निवासी शुकबहादुर बुढाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शान्तिनगर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४० का शुकबहादुर बुढा, सोही ठाउँ बस्ने वर्ष ३८ का भिमबहादुर कँडेल, वर्ष २६ का मिनबहादुर घिमिरे, वर्ष ४६ चेतानन्द बस्नेत, वर्ष ३२ का बसन्त थापा, वर्ष ३० का यमबहादुर केसी र तुलसीपुर उपमहानगरपालिका वडा नं.८ बस्ने वर्ष ३८ का प्रेम विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय घोराही र ईलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त टोलिले उनीहरुलाई नगद रकमसहति जुवाको खालवाट नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । पक्राउ परेका सबै विरूद्ध मुलुकी अपराध संहिता ऐन अन्तरगत मुद्दा दर्ता गरि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको डिएसपी खड्काले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *