२०८१ कार्तिक २९ गते बिहिवार

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोकियो

काठमाडौं,फागुन २० । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि रोकेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

भाइरसको त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य स्थगन गरिएको मन्त्रालयले जनाएको हो । सरकारले यसअघि नै अत्यावश्यक काम बाहेक विदेश नजान आग्रह गरिसकेको छ । नेपालीहरु रोजगारीका लागि जाने खाडी मुलुकहरुमा पनि पछिल्लो समय संक्रमण देखिएको छ ।

कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने मन्त्रालयले स्पष्ट पारेको छ । बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका थिए ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *