२०८१ भाद्र २३ गते आइतवार

डाेल्पाकाे एकै गाउँका ३५ बढी बिरामी, नगरपालिकाले स्वास्थ्य प्राविधिकसहितकाे टाेली पठायाे

डोल्पा,फागुन २० । त्रिपुरासुन्दरी नगरपालिका १ को करेलीकाँडा गाँउका ३५ जनाभन्दा बढी एकैपटक बिरामी भएपछि नगरपालिकाले स्वास्थ्य प्राविधिकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ ।

मुकुटेश्वर हिमालमुनि रहेको गाँउका ३५ जनामा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि औषधिसहित स्वास्थ्य प्राविधिकको टोली प्रभावित क्षेत्रमा पठाएको नगर प्रमुख ओमबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेर फर्किएपछि मात्रै रोगको पहिचान हुनेछ । अहिलेसम्म के भएको हो भन्ने यकिन नभएको उनको भनाइ छ ।

उपचारको लागि कम्तीमा दुई घण्टा हिँड्नुपर्ने भएकाले बिरामीले उपचार सेवा समेत नपाएको उनले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *