२०८१ भाद्र २५ गते मङ्गलवार

विपद् न्यूनिकरणमा पुर्व तयारी आवश्यक


तुलसीपुर,फागुन १९ । तुलसीपुर उपमहानगरपालिकामा विपद् जोखिन न्युनिकरणका वारेमा छलफल गरिएको छ । हिमालय कन्जर्भेसन ग्रुप नेपालको आयोजनामा भएको कार्यक्रममा तुलसीपुर पनि विपद्का हिसावले जोखिमपूर्ण भएको भन्दै समयमै सबै सचेत रहन आवश्यक रहेको कुरामा जोड दिए ।

ग्रुपका अध्यक्ष एवम् पूर्व शिक्षामन्त्री गंगालाल तुलाधारले तुलसीपुर बाढी, पहिरो, भुकम्प, चट्याङ्ग, सर्पदंश लगायतका विभिन्न विपद्का हिसावले जोखिमपूर्ण रहेको वताए ।

तुलसीपुरमा रहेको खोला किनारका वस्तिहरु वढि जोखिमपूर्ण भएको भन्दै तुलाधारले त्यसलाई तत्काल हटाउन पनि सम्भव नभएको भन्दै विपदको पूर्व तयारीमा ध्यान दिनुपर्ने कुरामा जोडल दिए । विपद्को वारेमा पूर्व जानकारी नहुने भन्दै पूर्व सावधानी अपनाउन आवश्यक रहेको कुरामा समेत उनको जोड थियो ।

नेपालमा विपद्का कारण दैनिक २७ दुर्घटना हुने र सरदर ५ जनाको मृत्यु हुने गरेको समेत उनले वताए । विपद् न्युनीकरणका लागि वैज्ञानीक कारणको खोजि गरेर नीति वनाउनका ध्यान दिनुपर्ने उनको भनाई थियो ।

अव्यवस्थित वस्तिहरु नै विपदको मुल कारण भएको भन्दै त्यसको नियन्त्रणमा सबैले ध्यान दिनुपर्ने कुरामा उनको जोड थियो । सामान्य सावधानीबाट पनि विपद्का वेलामा ठूलो क्षतिबाट जोगिन सक्ने उनको भनाई थियो ।

कार्यक्रममा भुकम्पविद् रञ्जन कुमार दाहालले नसोचेको घटना नै विपद् भएको भन्दै सबैले सजगता अपनाउन आवश्यक रहेको बताए । वलियो संरचनाले जोखिम हटाउने भन्दै मोटोको गुणस्तर परिक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । पश्चिम नेपालको भुकम्पिय जोखिममा रहेको भन्दै संरचना निर्माण गर्दा ध्यान दिएमा यसबाट वच्न सकिने उनले बताए ।

विपद् जोखिम न्युनीकरण र व्यवस्थापन सम्वन्धि गोष्ठीमा कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले विपद्लाई लक्षित गरेर तुलसीपुरले विपद् व्यवस्थापन कोष वनाएको जानकारी दिए ।

उनले राहतका लागि मात्रै भन्दा पनि पूर्व सचेतनाका लागि कार्यक्रम अगाडि वढाउने वताए । वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शाखा अधिकृत भिम खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *