२०७७ फाल्गुन १९ गते बुधवार

देउवाले थपे विभाग प्रमुख

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप सात विभाग प्रमुख मनोनित गरेका छन्।

सोमबार देउवाले एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग प्रमुख बनाए भने अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेवारी दिए।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभाग संयोजक मनोनित गरेका हुन्।

यसअघि गत शनिबार देउवाले १३ विभाग गठन गरेका थिए। संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा रमेश रिजाल, मुस्लिम विभागमा फरमूल्लाह मन्सुर, स्थानीय तह समन्वय विभागमा अर्जुनप्रसाद जोशी संयोजक तोकिएका थिए।

साथै आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग, शंकर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग प्रमुख बनाइएको थियो।

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *