२०८२ जेष्ठ ११ गते शुक्रवार

सुर्खेतमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सुर्खेत, फागुन १९। सुर्खेतमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–८ मा बजारबाट एयरपोर्ट जाँदै गरेको भे१त ८१७६ नं.को खाली ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे३प ७४२ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटना आइतबार साँझ  ७:३० बजे भएको हो ।

उक्त दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत खजुराका ३३ वर्षीय यमबहादुर विक र ३२ वर्षीय खगेन्द्र विकको मृत्यु भए प्रहरीले बताएको छ ।

गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका २५ वर्षीय तुलबहादुर राम्जालीको अवस्था गम्भीर रहेको छ मोटरसाइकलमा चालकसहित तीन जना सवार रहेको प्रहरीले बताएको छ । ट्र्याक्टर चालक भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *