२०७८ असार ६ गते आइतवार

प्रधानमन्त्री ओलीको आउँदो बुधबार मिर्गौला प्रत्यारोपण गरिने

काठमाण्डौ,फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

आउँदो बुधबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीले आइतबारको सचिवालय बैठकमा यसबारेमा जानकारी दिएका थिए । बैठकले उनले पूर्ण स्वास्थ्यलाभको कामना गरेको पनि सल्लाहकार थापाले जानकारी दिए ।

ओलीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आएका छन ।

प्रधानमन्त्री ओलीले दोश्रो पटकको मृगौला प्रत्यारोपणपछि पनि आफू अहिलेकै जस्तो सक्रिय रहने बताउँदै आएका छन ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *