काठमाण्डौ,१७ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छन ।
मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताइन ।
नापी विभागको पनि प्राविधिक टोली त्यसमा क्रियाशील रहेकाले काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिईन । अव्यवस्थित बसोबास र सुकुम्वासीको समस्या समाधानका लागि आयोग निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताईन ।
कानुन निर्माणपछि कार्यान्वयन गर्न कानुनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेश निर्माण गरेर आयोग बनाउने काम अगाडि बढेको समेत मन्त्री अर्यालले जानकारी दिईन ।
प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते शनिवार