२०७८ असार ६ गते आइतवार

झगडा मिलाउन खोज्दा उल्टै हत्या

जनकपुरधाम,फागुन १७ । धनुषामा दुई पक्षबीचको झगडा साम्य पार्न गएका एक जनाको कुटपिट गरी हत्या भएको छ।

शुक्रबार धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरका करिब ५१ वर्षीय सोनेलाल कुलामीलाई बाँसको भाटा तथा काठको चिरपटले हानेर हत्या गरिएको मृतका छोरा कालु भन्ने सूर्य नारायण कुलामीले बताए ।

दुई पक्षबीच भइरहेको कुटपिटको घटनामा सोनेलालले झगडा नगर्न सम्झाउन खोज्दा स्थानीय कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत, सोनु भन्ने मोनु यादव र अमरजित राउतसहित अन्य नचिनेका एक जनाले कुटपिट गरी हत्या गरेका मृतकका छोरा कालुले आरोप लगाएका छन्।

कुटाइबाट गम्भिर घाइते भएका सोनेलालको सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *