तुलसीपर,१७ फागुन । बिजौरी उद्योग वाणिज्य संघको दोश्रो वैठक शनिबार बिजौरीमा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको बैठकले तिन जना सल्लाहाकार चयन गरेको हो ।
सघंको प्रेस सल्लाहाकारमा राकेश बस्नेत, कानुनी सल्लाहाकारमा अधिबक्ता ललीत कुमार के.सी र सल्लाहाकार कमानसिंङ खड्का रहेका छन । शनिवार सम्पन्न बैठकले ६ वटा उपसमिति पनि गठन गरेको छ ।
जसमा बजार व्यवस्थापन उपसमितिका लागि दुर्गा बस्नेतको संयोजकत्वमा २ सदस्यीय यज्ञ पुन र इवा कुमारी लामिछानेलाई चयन गरिएको छ ।
त्यस्तै विवाद व्यवस्थापन उपसमितिमा शिवराज केसीको संयोजकत्वमा सदस्य प्रेम विक र खिमवहादुर विकलाई चयन गरिएको महासचिव गौतमले जानकारी दिए ।
सघंको आर्थिक व्यवस्थापन उपसमितिमा चित्रबहादुर खड्काको संयोजकत्वमा सदस्य डिल्ली के.सी.र गोविन्द रोका,राजश्व व्यवस्थापन उपसमितिमा रेश्मीराज खड्काको संयोजकत्वमा सदस्य कर्ण वहादुर वली र प्रेम विक, अथिति व्यवस्थापन उपसमितिमा बालकृष्ण रेग्मीको संयोजकत्वमा यज्ञ पुन र इवा कुमारी लामिछाने सदस्य रहेका छन ।
यसैबिच बैठकले यसवर्ष बिजौरी बजारको पहिचान हुने गरि एक भित्तेपात्रो (क्यालेन्डर) पनि प्रकाशन गर्ने निर्णय पनि गरिएको महासचिव गौतमले जानकारी दिए ।
जसको लागि क्यालेन्डर प्रकाशन उपसमितिमा अध्यक्ष प्रेमनाथ योगीको संयोजकत्वमा मुकेश वली, बिदुर गौतम र चित्रवहादुर खड्का सदस्य रहेका छन ।
बैठकले प्रत्येक शनिबार बजार बन्द गर्ने पुरानो निर्णयलाई यथावत राखेको छ भने बजार राती ९ वजेसम्म मात्र खुल्ने निर्णय गरिएको गौतमले जानकारी दिए ।