२०८१ बैशाख ८ गते शनिवार

सुरेश हमाल तेस्रो कार्यकालका लागि अध्यक्ष चयन


तुलसीपुर,फागुन १६ । राप्ती समितिको रुपान्तरित त्रिशिद्धेश्वरी यातायात प्रालिको अध्यक्ष सुरेश हमाल फेरिपनि सोही पदमा मनोनित भएका छन् । शुक्रवार तुलसीपुरमा भएको प्रालिको साधारण सभाले सर्वसहमतिमा हमाललाई अध्यक्षमा चयन गरेका हुन । उपस्थित झन्डै ६ सय वढी यातायात व्यवसायीले एक मतले हमाललाई अध्यक्षमा चयन गर्ने निर्णय कर्तल ध्वनीका साथ पारित गरेका थिए । यो संगै अबको तीन वर्ष सम्म त्रिशिद्धेश्वरी प्रालिमा हमालकै नेतृत्व रहने छ ।

यातायात व्यवसायीका बीचमा निकै नै लोकप्रिय छवि वनाएका हमाल यो सहित लगातार तेस्रो कार्याकालका लागि सर्वसहमतिमा नेतृत्वमा पुर्याइएका व्यक्ति हुन ।

पुरानो राप्ती समितिमा यसअघि नै हमाल लगातार दुई कार्यकाल अध्यक्ष थिए । त्यो भन्दा पहिला हमाल लगातार ४ कार्यकाल सचिव भएका थिए । तीन दशक भन्दा लामो इतिहास बोकेको हाल रुपान्तरित त्रिशिद्धेश्वरी राप्ती प्रालि चल अचल सम्पत्तिको हिसावले नेपालकै सबैभन्दा धनि संस्था हो ।

यो बीचमा हमाल यातायात क्षेत्रमा जिल्लादेखि केन्द्रसम्म समेत लोकपृय छवि बनाउन सफल भइसकेका छन् ।

एक कार्यकाल नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको केन्द्रीय सदस्य र दोस्रो कार्यकाल केन्द्रीय उपमहासचिवको जिम्मेवारी उनले कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । हमाल हाल महासंघको सल्लाहकारको भूमिका छन् । यो बीचमा हमाललाई महासंघको केन्द्रीय महासचिवको प्रस्ताव आएका चर्चापरिचर्चा यातायात क्षेत्रका नेताहरुले सार्वजनिक कार्यक्रममा व्यक्त गर्दै आएका छन् ।

हमाल स्वएंम पनि त्यो कुरा स्वीकार गर्छन । केन्द्रमा महासचिव छोडेर उनले रुपान्तरित त्रिशिद्धेश्वरी राप्ती प्रालिको अध्यक्ष रोजेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *