२०७७ फाल्गुन २३ गते आइतवार

जंगलमा फेला पर्यो मानिसको कंकाल

तुलसीपुर,फागुन १५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ असुरकोट डाँडोको भिरमा एक व्यक्तिको कंकाल फेला परेको छ । स्थनीय फूलवारी सामुदायिक वनको भिरमा एक पुरुष व्यक्तिको जस्तो देखिने हाडखोर फेला परेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता तथा प्रहरी निरिक्षक चक्रबहादुर डमरपालले कंकाल फेला परेको पुष्टि गरेका छन् ।

घटनास्थलमा पुरुषको जस्तो देखिने निलो ज्याकेट, सेतोमा कालो धर्का भएको सर्ट, खरानी रंगको पाइन्ट फेला परेको प्रबक्ता डमरपालले जानकारी दिए ।

प्रहरीले पहिचान हुन नसक्ने गरि शरिरका विभिन्न भागवाट हाडहड्डी छुट्टिएको अवस्थामा फेला परेका अस्थिपञ्चर संकलन गरेर तुलसीपुर ल्याएको छ । ती हाडखोरहरु राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । घटनावारे अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *