शरद रेग्मी, बेलगनार ,फाल्गुन १५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को बेलगनारमा एक करोड लगानीको खानेपानी परियोजना सुरु भएको छ । जिल्ला खानेपानी संस्थाको सहयोगमा सञ्चालित परियोजनाको विहीवार उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रम बेलगनार खानेपानि तथा उपभोक्ता समितिका अध्यक्ष बिक्रम चौधरिको अध्यक्षता र तुलसिपुर नगरका प्रबक्ता श्याम डाँगीको प्रमुख आथित्यमा भएको हो ।
कार्यक्रमका बक्ताहरुले परियोजना सुरु भएपछि २०३२ सालदेखि बेलगनारका सर्वसाधारणले भोग्दै आएको पिउने पानीको समस्या समाधान हुने आशा व्यक्त गरेका छन् । उक्त परियोजनावाट बेलगनार र सुकौराका करिब पाचसय घर परिवारलाई सिंचाई सुविधा पुग्ने आशा गएिको छ ।
परियोजना निर्माण गर्न करिब दुई बर्ष लागेको थियो । बक्ताहरुले त्यसक्रममा तुलसीपुर–सुकौरा सडकको स्तर उन्नतीको काम कछुवा गतिमा भएको भन्दै त्यसमा ध्यानदिन स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए ।
संविधासभाका सदस्य बुद्धिराम भण्डारीले पनि आफुले बजेट हालेको उक्त सडक खण्ड निर्माणमा भएको विलम्व वारे जनप्रतिनिधिको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
कार्यक्रममा तुलसिपुर ११ का वडा सदस्य घनश्याम गौतम, रेडियो तुलसीपुर सञ्चालक समितिका महासचिब महेन्द्र लामिछाने, नवलपुर खानेपानीका अध्यक्ष नेत्रमणि शर्मा,स्थानीय ढुण्डिराज न्यौपाने,मनोहर न्यौपाने, राजन ओड,जनकु चौधरी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण प्रमिला चौधरिले गर्नुभएको थियो ।
जिल्ला खानेपानि डिभिजन कार्यालयले बोरिग तथा ओभरहेड टकि र पाईपलाईन बिस्तारका र निर्माणका लागि ९० लाख बिनियोजन गरेको थियो । सो योजना सम्पन्न गर्न ईन्लासे सस्थाले करिब चार लाख ६७ हजार बराबरको पाईप सहयोग गरेको थियो । स्थानिय स्वर्गिय पुनाराम न्यौपानेले बोरिग स्थापना गर्नका लागि निशुल्क जमिन उपलब्ध गराउनुभएको थियो ।