
काठमाडौं, फागुन १५। नेकपा मालेका महासचिव सीपी मैनाली कार दुर्घटनामा परेर घाइते भएका छन्। महोत्तरीको बर्दिवासस्थित रातु पुलमा मैनाली सवार बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले बिहीबार दिउँसो ठक्कर दिएको हो।
दुर्घटनामा मैनालीसहित पाँच जना घाइते भएका छन । घाइते मध्य मैनालीसहित घाइतेको जनसेवा अस्पतालमा उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरेको प्रहरीले जानकारी दिएको छ । मैनालीको टाउको र खुट्टामा चोट लागेको छ।
प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार