२०८१ बैशाख ८ गते शनिवार

नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण

तुलसीपुर,१५ फागुन । बिजौरी उद्योग वाणिज्य संघको फागुन ८ गतेको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाई बिहिवार एक कार्यक्रमका बिच निर्वाचन समितिले उद्योग वाणिज्य संघको सभाहल बिजौरीमा सपथ ग्रहणसँगै माइन्युट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक प्रकाश रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचित कार्यसमितिहरुलाई बधाई दिंदै संयोजक रेग्मीले निर्वाचन प्रक्रियामा सहयोग गर्ने व्यवसायीहरुलाई धन्यवाद पनि दिए ।

कार्यक्रममा निर्वाचन समितिका सदस्य चिन्तामणि पोख्रेलले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

सपथ ग्रहण कार्यक्रम पश्चात बसेको पहिलो बैठकले निर्वाचनका क्रममा सहयोग गर्ने उद्योगी, व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई धन्यवाद दिएको महासचिव विदुर गौतमले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *