२०८१ बैशाख ८ गते शनिवार

रुपेन्देहीमा एक वडा अध्यक्ष घुस रकमसहित पक्राउ

वुटवल, फागुन १४ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव घुस सहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई बुधवार पक्राउ गरेको हो ।

अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले त्यस्को पुष्टि गरेका छन् । जग्गाको चार किल्लाको सिफारिस बनाइदिने भन्दै वडाबासीसँग ७० हजार रुपैंया घुस लिने क्रममा वडा अध्यक्ष यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

त्यस्तै बन्दी प्रत्यक्षीकरणका नाममा १५ हजार घुस लिँदै गर्दा सरकारी वकिल कार्यालयका सहयोगी यादव पक्राउ परेको जानकारी दिइएको छ । उनीहरुलाई फरक÷ फरक ठाउँवाट पक्राउ गरिएको खख्तियारले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *