दाङ,फागुन १४ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आह्वान गरेको शैक्षिक आमहड्तालका कारण बुधवार जिल्लाका विद्यालयहरु बन्द भएका छन् । यूनियनका दाङ जिल्ला अध्यक्ष अनिल केसीले मंगलवार जारी गरेको विज्ञप्तिमा दाङसहित देशव्यापी आमहड्ताल घोषणा गरेको कुरा उल्लेख छ ।
आफ्ना संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल र केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगाएतका नेता कार्यकर्ताको रिहाईको माग गर्दै शैक्षिक आमहड्ताल घोषणा गर्नु परेको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले विनाकारण आफ्ना नेता तथा साथिहरुलाई प्रहरीले गिरफ्तार गरेको तथा झुट्टा मुद्दा लगाएर हिरासतमा राख्दै दुःख दिने गरेको भन्दै त्यसको विरोध पनि गरेका छन् ।
प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार