२०८१ बैशाख ७ गते शुक्रवार

विप्लवको विद्यार्थी संगठनको नाममा बुधवार शैक्षिक आमहड्तालको घोषणा

दाङ, फागुन १३ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले बुधवार शैक्षिक आमहड्तालको घोषणा गरेको छ ।

यूनियनका दाङ जिल्ला अध्यक्ष अनिल केसीले जारी गरेको विज्ञप्तिमा दाङसहित देशव्यापी आमहड्ताल घोषणा गरेको कुरा उल्लेख छ ।

आफ्ना संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल र केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगाएतका नेता कार्यकर्ताको रिहाईको माग गर्दै शैक्षिक आमहड्ताल घोषणा गर्नु परेको केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यसमा उनले विनाकारण आफ्ना नेता तथा साथिहरुलाई प्रहरीले गिरफ्तार गरेको तथा झुट्टा मुद्दा लगाएर हिरासतमा राख्दै दुःख दिने गरेको कुरा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *