२०८२ बैशाख ११ गते बुधवार

विमल रिजालले आफ्नो उम्मेदवारी घोषणा गरे

यमकला भुसाल,तुलसीपुर, फागुन १३ । तुसलसीपुरका एक प्रतिष्ठित युवा व्यवसायी विमल रिजालले नेपाल उद्योग वाणिज्य महासंघमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

चैत २८ र २९ गते काठमान्डौंमा हुने महासंघको निर्वाचनमा सामाजिक अभियान्ता समेत रहेका रिजालले खुल्ला तर्फको केन्द्रीय सदस्य पदमा मंगलवार उम्मेदवारी घोषणा गरेका हुन ।

तुलसीपुर उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष रिजालले संघको तर्फवाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।  रिपोर्टस क्लव तुलसीपुर दाङमा पत्रकार सम्मेलन गरि वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले संघका सल्लाहाकार रिजालको उम्मेदवारी घोषणा गरेका हुन ।

त्यसक्रममा अध्यक्ष रावतले रिजालले तुुलसीपुर क्षेत्रमा उद्योग व्यापारको विकाशमा खेलेको भूमिकाको उचित उल्याङगर्दै संघले केन्द्रीय सदस्यमा उम्मेदवार बनाएको तर्क गरे ।

त्यसक्रममा उनले रिजालले निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वको प्रशंशा गरेका थिए । ‘ आदरनिय दाई विमल रिजालले विपतको समयमा अप्ठेरो पर्दा समाजप्रति निर्वाह गरेको भूमिका र योगदान निकै महत्वपूर्ण छ,’ रावतले भने ‘ सामाजिक रुपमा स्थापित रिजाललाई केन्द्रीय सदस्यमा सिफारिस गर्न पाउँदा संघले गर्वअनुभूत गरेको छ।’

तुलसीपुर संगै सिंगो दाङका उद्योगी,व्यवसायिहरुको हकहित र विकाशका लागि रिजाल केन्द्रीय सदस्यमा निर्वाचित हुन अति जरुरी रहेको अध्यक्ष रावतले बताए । रिजालको पक्षमा मतदान गर्न उनले सबैमा आह्वान पनि गरेका थिए ।

उम्मेदवारी घोषणा गर्दै बिमल रिजालले सिंगो निजी क्षेत्र र दाङको आर्थिक विकाशमा इमान्दारीका साथ लाग्ने प्रतिवद्धता जाहेर गरेका थिए । जनप्रतिनिधि विहिन अवस्थामा रिजालको नेतृत्व रहँदा तुलसीपुर उद्योग वाणिज्य संघले बन्द टरिगाउँ एयरपोर्टमा विमान सञ्चालन गर्न अहम भूमिका निर्वाह गरेको थियो ।

केही वर्ष पहिले जिल्लामा बाढीले वितंडा मञ्चाउँदा होस वा भूकम्पले आतंकित तुल्याउँदा रिजाल नेतृत्वको टोली आफै खाद्यान्न लगाएत अत्याअवश्यक सामाग्री बाकेर सर्वसाधारणको घर दैलोमा पुगेको थियो ।

रिजालले तुलसीपुरमा सुरुवात गरेको ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानको सिको आज जिल्ला भर भएको छ । त्यसले फोहरको उचित व्यवस्थापन गर्न अति जरुरी छ भन्ने शन्देस समाजमा प्रवाह गर्न सफल भएको छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *