२०८१ असोज ५ गते शनिवार

तुलसीपुर मेट्रोमा वन्यजन्तु प्राविधिक तालिम सुरु

तुलसीपुर,फागुन १३ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर वहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा छोटो अवधिको वन्यजन्तु प्राविधिक तालिमको सुरुवात भएको छ ।

यसै शैक्षिक सत्रबाट ३ वर्षे वनविज्ञान कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले सिटिइभिटीको सहयोगमा उक्त तालिम सञ्चालन गर्न लागेको हो । उपमहानगरपालिका भित्रका १९ वटै वडाका ६० जना प्रशिक्षार्थीलाई लक्षित गरेर ३ सय ९० घण्टाको उक्त तालिम सञ्चालन गरिएको हो ।

यसैविच तालिमको तुलसीपुरका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले उद्घाटन गरेका छन् । त्यसक्रममा उनले प्राविधिक शिक्षाको विकासका लागि उपमहानगरपालिकाले विभिन्न तालिमहरु सञ्चालन गर्न लागेको बताए ।

‘अहिलेको युग नै प्रविधिको युग भएको हुँदा हामीले प्राविधिक शिक्षामा जोड दिएका हौं,’ डाँगीले भने । देशलाई अहिले प्राविधिक जनशक्तिको आवश्यकता रहेको तर्फ जोड दिदै उनले सिकेको कुरालाई व्यवहारमा उतार्नका अनुरोध गरे ।

हरिपौरी माविका प्रधानाध्यापक रुद्रवहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले तालिमका वारेका प्रकाश पारेका थिए ।

सञ्चालन समिति सदस्य शम्भु रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण संयोजक पूजा नेपालीले गरेकी थिइन् ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *