२०८२ जेष्ठ ४ गते शुक्रवार

अर्घाखाँचीमा दुर्घटना : २ को ज्यान गयो, २ घाइते

अर्घाखाँची,१३ फागुन । भूमिकास्थान नगरपालिकाका दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका ४ को धारापानीमा मोटरसाइकल र वडा नम्वर १० धनचौरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले बताए ।

भूमिकास्थान नगरपालिका ४ को साना औवलको मिलनचोकमा लु ५६ प ९०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार फलामखिलका चोपलाल घर्तिको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका घर्तिको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको हो । घटनामा मोटरसाइकल चालक नवीन आले र स्थानीय लक्ष्मी सुनार घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ ।

त्यस्तै भूमिकास्थान नगरपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा ट्र्याक्टर चालकको ज्यान गएको छ । दुर्घटनामा ट्र्याक्टर चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ का डिभर्ना बस्ने २४ वर्षीय दिनेश विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।

भूमिकास्थान नगरपालिका १० धनचौरको देउरालीतर्फ जाँदै गरेको लु ४ त ४५३९ नम्बरको ट्र्याक्टर चिप्लो बाटोमा उकालोमा तान्न नसक्दा ब्याक भइ बाटोबाट दुई सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *