२०७८ असार ६ गते आइतवार

दाङमा भएका छुट्टा छुट्टै दुर्घटनामा २ को मृत्यु

दाङ, फागुन १३ । दाङमा भएका छुट्टा छुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

गाडिको ठक्करवाट राप्ती गाउँपालिका वडा नं. ३ का ४९ बर्षीय लोकमणि पाण्डेको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मसुरियामा पैदल हिडिरहेका पाण्डेलाई पहिचान हुन नसकेको गाडिले सोमवार राति पौने ११ बजेतिर ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारूले जानकारी दिए ।

शव पोष्ट मार्टमको लागि लमही अस्पतालमा राखिएको छ । प्रहरीले ठक्कर दिने गाडीको खोजी भइरहेको जानकारी दिएको छ ।

त्यस्तै सोमवार दिउँसो लमहीवाट घोराहीतर्फ आउँदै गरेको रा ३ प ५७११ नम्वरको मोटरसाईलक लमही नगरपालिका वडा नं. ६ कुलमोडमा दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी ३३ कृष्णबहादुर डाँगीको मत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

घाइते डाँगीको उपचारका क्रममा दिउँसो लमहीमा मृत्यु भएको थियो । मोडमा अनियन्त्रित भएर उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *