२०८१ बैशाख १३ गते बिहिवार

विद्यार्थी एक्स्पोमा लैजान सोमवार तुलसीपुरका विद्यालयलाई विदा


तुलसीपुर,फागुन ११ । प्रदेश सरकारले आयोजना गरेको एक्स्पोमा विद्यार्थी सहभागि गराउन सोमवार क्षेत्रका विद्यालयलाई सार्वजनिक विदा दिइएको छ । तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा प्रदेश सरकारले एक्स्पो आयोजना गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले शनिवार एक्स्पोको उद्घाटन गरेका हुन । एक्स्पो सोमवार समापन हुँदैछ । त्यही एक्स्पोमा विद्यार्थी लैजान सोमवार तुलसीपुर क्षेत्रका सबै विद्यालयहरु बन्द गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले विद्यार्थीहरुलाई प्रदेश एक्स्पोमा सहभागि गराउन विद्यालयमा सार्वजनिक विदा दिइएको जानकारी दिए । प्रदेश सरकारका विभिन्न गतिविधिका वारेमा जानकारी दिन तथा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन एक्स्पोमा विद्यार्थी पुग्न अति आवश्यक रहेको बताए ।

प्रदेशकै गौरवको महोत्सव आफ्नै ठाउँमा भएको हुँदा त्यसको महत्वलाई वुझेर विद्यालय परिवारले विद्यार्थीलाई अवलोकन गराउनु लैजानु पर्ने उनले तर्क गरे ।प्रदेश सरकार स्थापनाको दुई वर्ष पुगेको अवसरमा सरकारले हालसम्म गरेका कामहरुको बारेमा जानकारी दिन भन्दै एक्स्पो आयोजना गरिएको छ ।

एक्स्पो सञ्चालन गर्न प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको छ । त्यसका साथै स्टलहरु बाट ३ हजारदेखि १० हजार सम्म पैंशा उठाइएको छ । एक्स्पोमा विभिन्न सामाजिक, आर्थिक, पर्यटकीय, साँस्कृतिक पक्षलाई समेटेर विभिन्न स्टलहरु राखिएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *