Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


भारत गएका बालक नेपाली एक महिनादेखि बेपत्ता


तुलसीपुर,फागुन ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क निवासी १५ बर्षीय सञ्तोष नेपाली एक महिनादेखि बेपत्ता रहेका छन् ।

छोरा बेपत्ता भएपछि उनका अभिभावकले खोजिकार्यमा सहयोग गरिदिन बुवा कमल नेपालीले आग्रह गरेका छन् । कात्तिक १८ गते स्थानीय ठेकेदार ओजबहादुर नेपालीले काम लगाइदिने भन्दै सञ्तोषलाई छिमेकी देश भारतको उत्तराञ्चलको कर्णपर्याक भन्ने ठाउँमा लगेका थिए ।

माघ १ गतेदेखि सञ्तोष सोही ठाउँवाट बेपत्ता भएको ठेकेदार नेपालीले जानकारी दिएको आमा शान्ता नेपालीले बताइन । ‘ भारतवाट ठेकेदारले मैले जति खोज्दापनि भेटाउन सकिन तपाँईहरुपनि खोज्न आउनुस भन्नु हुन्छ,’ आमा शान्ताले भनिन् ‘तर हामीसंग भारत जान र छोराको खोजिगर्न पैंशा छैन ।’ उनले छोरा बेपत्ता भएको खवर आएदेखि संधै रोएरै रातदिन वित्ने गरेको बताइन ।

घरको आर्थिक अवस्था निकै कमजोर रहेका बालक नेपाली पढ्दा पढ्दै कामको खोजिमा ठेकेदारसंग लागेर भारत पुगेका बाबु कमलले जानकारी दिए ।

सञ्तोषलाई फेला पार्ने व्यक्तिलाई आफ्नो मोवाईल नम्वर ९८०९७७९८३२ मा फोन गरेर सूचना दिन आग्रह पनि गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal